काठमाडौँ । नेप्सेमा आज प्रभु इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको १० प्रतिशत बोनश बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता शेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।