काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २,८२५ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज १५९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २० वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् ।