IME Life New

हिमाल दोलखा हाइड्रोपावरले ७८ लाख कित्ता आईपिओ जारी गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता आईपिओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Crest

कम्पनीले इलामको गोदक गाबिसमा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना ७२ करोड ५३ लाख लागतमा सम्पन्न गरेको छ ।

एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ लागतमा निमार्ण भएको यस परियोजनाले छिटै व्यवसायिक उत्पादन गर्ने बताइएको छ । दुवै आयोजनाको लागत प्रति मेगावाट १६ करोड देखि १७ करोड बीचमा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS