काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ०६ अंकले बढेर २,८७५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज ८० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ८ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिीसिटीका लगानीकर्ताले ७ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअफ फण्ड १ का इकाईधनीले ४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्सका लगानीकर्ताले ४ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।