IME Life New

२ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि,४ हजार ९१४ जना संक्रमणमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ सय ७४ जना र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना निको भएर घर फर्किएका छन् भने ३० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS