IME Life New

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंगलवार बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनुको साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा असार १८ गते हुने भएको छ । उक्त सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

Esewa
Crest

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशतले हुन आउने २७ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८ दशमलव ८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS