IME Life New

नेप्से १३ अंकले घट्दा १६ अर्ब ९९ करोडको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ कारोबार दिन (मंगलबार ) नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घट्दा २९४६ दशमलव ५८ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

अरुण भ्याली हाईड्रोपावरको ८७ करोड ९७ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Esewa
Crest

आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर ९ दशमलव ९५ प्रतिशतले घटेको छ भने यूनाईटेड मोदी हाईड्रोपावरको शेयर ९ दशमलव ९५ प्रतिशतले घटेको छ ।

यूनाईटेड इर्दी मर्दीको शेयर ९ दशमलव ८८ प्रतिशतले घटेको छ भने महालक्ष्मी विकास बैंकको शेयर ६ दशमलव ३७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS