काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।