काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार )नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेप्से ४५ अंकले घट्दा राधी विद्युतको ९१ करोड माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सर्वाधिक कारोबार भएको राधी जलविधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९ दशमलव ९१ प्रतिशतले बढेको छ।
वरुण हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लागनीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।