काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २,७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १३ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार हुँदा राधी विद्युत कम्पनीको ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ सय १४ रुपैयाँले बढेको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २४ रुपैयाँले बढेर ४ सय रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्ट्रीसिटीको ३२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेको छ ।
नेपाल पुनर्बीमाको ३२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।