काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज २ सय १५ वटा कम्पनीको ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज १९ वटा जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।आज खानी खोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर र युनाईटेड मोदी हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अरुण काबेली पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले बढेको छ।
त्यस्तै, रिदि हाईड्रोपावर, जोशी हाईड्रोपावर, अपी पावर, दिव्यश्वरी हाईड्रोपावर, रादी जलविधुत् र शिव श्री दोलखा, सानिमा माई, पञ्चकन्या माई, नेसनल, बुटवल पावर, युनियन, घलेम्दी, युनिभर्सल पावर र आँखुखोला जविद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। माउन्टेन हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।