काठमाडौं । आज शेयर बजार नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको छ । शेयर बजार नेप्से ३ दशमलव ०७ अंकले बढेर २,८२५ दशमलव ०३ अंकको विन्दुमा कायम भएको छ । आज बैंकिङ, हाइड्रोपावर कम्पनी, निर्जीवन बीमा समुह, म्युचअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।
आज दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३९ रुपैयाँले बढेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको ३७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३० रुपैयाँले बढेको छ। नेपाल पुनर्बीमाको २८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै बरुण हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।