काठमाडौं । आज(आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेको छ । नेप्से १.१८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ ।आज दिनभरिमा २ सय २० वटा कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, १६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कर्णली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने महालक्ष्मी बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
रुरु जलविधुत्का लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन्। समता लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।