काठमाडौँ । पछिल्लो २४ घण्टामा ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा मात्र २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ७ सय ५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना संक्रमित थपिएका हुन्।