IME Life New

८ वटा संघ मिलेर हातेमालो सामाजिक अभियानको थालनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न ८ वटा संघ मिलेर हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् । यी संघहरुले कोभिड १९ को महामारीले स्वास्थ्य प्रणालीमा पर्न गएको असरले मानव जीवनको अकल्पनीय क्षतिका साथै देश यस विषम चुनौतीसँग लडिरहेको परिस्थितिलाई मध्यनजर गरी यस्तो अभियानको थालनी गरेको जनाएका छन् ।

यस अवस्थामा विभिन्न सरोकारवालाहरु एक हुनुपर्ने आवश्यकता महसुस गर्दै स्वैच्छिक रुपमा नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ,स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका हुन् ।

Esewa
Crest

सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको हो ।

यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिने जनाएको छ ।

हातेमाला अभियान मार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारीरुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS