काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९ सय ८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जना संक्रमित थपिएका हुन्। २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।