Connect IPS
IME Life

पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियानमा बीमा कम्पनीहरुद्धारा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुले नगद सहयोग गरेका छन् । जिल्लामा रहेका सम्पूर्ण जीवन र निर्जिवन बीमा कम्पनीहरुले पत्रकार महासंघलाई एकमुष्ट रुपमा ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

जिल्लामा रहेका सबै बीमा कम्पनीहरुको संस्था, गुल्मी इन्स्योरेन्स कम्पनीले ४० हजार महासंघलाई प्रदान गरेको हो । गुल्मी इन्स्योरेन्स समितिको तर्फबाट अध्यक्ष दीपक पोखरेलको नेतृत्वमा गएको समुहले पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, समन्वय समितिका संयोजक जनार्दन घिमिरे लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

पत्रकार महासंघले संचालन गरेको अभियानमा सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले सहयोग गरेको र आगामी दिनमा पनि यो अभियानमा सँगै हुने अध्यक्ष पोखरेलले बताए । साथै उनले अक्सिजन नपाएर बिरामीहरुको अकालमै ज्यान जाने अवस्थालाई न्यूनिकरण गर्नको लागि महासंघले संचालन गरेको अक्सिजन अभियानको प्रशसा समेत गरे ।

पत्रकार महासंघका अध्यक्ष अर्यालले सहयोग गर्ने गुल्मी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद् दिदैँ रकमको सही सदुपयोग गर्ने बताए । समन्वय समतिका अध्यक्ष जनार्दन घिमिरेले महामारीमा सबैले आफुहरुको अभियानमा सहयोग गर्न आग्रह गरे । इन्स्योरेन्स समितिले गत बर्ष पनि सर्वसाधारणको लागि माक्स, सेनिटाइजर तथा ग्लोब वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS