IME Life New

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बैशाख २६ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले बैशाख २५ गते शनिबार परेको हुनाले आजसम्म शेयर खरिद गर्नले बोनश शेयर प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

कम्पनीले जेठ ६ गते २५ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले प्रभु कम्प्लेक्स तीनकुनेमा भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो । कम्पनीको ३८९ औ सञ्चालक समितिको बैठकले जेठ ६ गते विहिबार दिनको ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्रको दफा तीनमा कम्पनीको उद्देश्य अर्तर्गत सामुहीक लगानी कोष योजना संचालन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव पनि साधरणसभामा पेश गरिने भएको छ ।

साधारणसभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात नाफा नोक्सान हिसाव तथा नग प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ । सञ्चाक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २०७७ असार मसान्तमा कायम चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार नगद लाभांस पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धाण सम्बन्धमा वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुन नियुक्ती गर्ने प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS