IME Life New

राप्ति हाइड्रोले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभाको निर्णय भएको हो । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं जुममार्फत बिहान ९ बजे शुरु हुनेछ ।

सभामा सर्वसाधरणको लागि साधारण शेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिने प्रस्ताव रहेको छ ।

Esewa
Crest

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिने एजेण्डा रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनको लागि बैशाख २८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरको छ । त्यसैले बैशाख २७ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS