IME Life New

आइएमई जनरलको ४३ लाख २० कजार कित्ता हकप्रद खुल्यो, माघ २१ गते सम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज मंगलबार देखि ८० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

आवेदकले माघ २१ गते सम्म आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लाई तथा बिक्री प्रबन्धकका रुपमा चयन गरेको छ । इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुकक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

Esewa
Crest

इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS