काठमाडौं । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० अंकको विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँको शेयर करोबार भएको छ।
आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राका को २५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमाल दोलखा हाईड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपी पावर, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अपर तामाकोशी, एनआईसी एशिया बैंक र अरुण काबेलीको सार्वधिक कारोबार भएको छ।