IME Life New

ब्रोकर कार्यालयमा २५ जना भन्दा बढि बस्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमण जोखिम बढ्दै गएको र त्यसको रोकथाम तथा नियन्त्रणका लागि धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । बोर्डले सेवा प्रवाह गर्दा कोरोनाको संक्रमणको जोखिम बढ्ने हुँदा धितोपत्र व्यवसायीहरुलाई यस्तो निर्देशन दिएको हो ।

बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको छ।

Esewa
Crest

नेपाल सरकारले तोकेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

यसैगरी कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच २ मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ।

यस्तै, बोर्डले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गराउने र सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्न तथा सेवाग्राहीले भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न गराउन बोर्डले आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड–१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुका साथै यसअघि दिएको निर्देशनहरुको पूर्ण पालना गर्न गराउन समेत बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS