काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ३१ प्रतिशतले घटेर ५ सय ९१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको २२ करोड १५ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ० दशमलव १५ प्रतिशतले घटेको छ । छिमेक लघुवित्तको १९ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ४४ प्रतिशतले बढेको छ ।