काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपैयाँ थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।