काठमाडौं । आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अजोड इन्स्योरेन्सका लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, वोमी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगनाीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज रैराङ हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव २९ प्रतिशतका दरले गुमाएक छन् भने बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।