काठमाडौं । साताको दोस्रोे दिन नेप्से परिसूचक ३२ दशमलव १५ अंकले घटेर २५७५ दशमलव ६६ अंकको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।
आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै निफ्राको शेयर करोबार भएको छ । आज निफ्राको ४८ करोड ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाखभन्दा बढीको शेयर करोबार भएको छ ।
त्यस्तै, आज वोमी लघुवित्त लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।
युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले ५ दशमलव ३३प्रतिशतका दरले गुमाएक छन् भने निफ्राका लगानीकर्ताले २ दशमलव ३१ प्रतिशतका दरले गुमाएका छन् ।