IME Life New

नेपाल हाइड्रो डेभलोपरको साधारण सभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौँमा दिउँसो ३ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Esewa
Crest

साथै, सभामा आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव समेत पेश हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS