Connect IPS
IME Life

बीमा कम्पनीले गाडी किन्दा समितिको स्वीकृति लिनु नपर्ने, घर र जग्गा किन्नका लागि भने अनुमति चाहिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले सवारी साधन तथा अन्य प्रशासनिक सामाग्रीको खरिद गर्नु अगाडी बीमा समिति सँग स्वीकृति लिनु नपर्ने भएको छ । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गरेर अवदेखि सवारी साधन लगायत प्रशासनिक सामाग्री खरिद गर्नु अगाडि वा खरिद गरिसके पछि त्यसको जानकारी बीमा समितिलाई दिनु नपर्ने व्यवस्था गरेको हो ।

बीमा कम्पनीहरुले खरिद गर्ने सामाग्रीहरुको विवरण सम्बन्धित कम्पनीकै सञ्चालक समितिले हेर्ने र उनिहरुले नै नियन्त्रण गर्ने भएकाले बीमा समितिले यस विषयलाई नहेर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । कम्पनीहरु आफैले संस्थागत सुशासन कायम गर्नु पर्ने भएकाले यस विषयलाई समितिले हेर्नु नपर्ने उनले बताए ।

Prabhu
Crest

बीमा कम्पनीहरुले सवारी साधनको दुरुपयोग गर्न थाले पछि समितिले पुर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरेको थियो । कतिपय कम्पनीहरुले अफिसियल प्रयोगका लागि भन्दा व्यक्तिगत प्रयोगका लागि गाडीको दुरुपयोग गरे पछि समिति सँग स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीमा कम्पनीहरुले कम्युटर, फर्निचर, अन्य प्रशासनिक खर्चको स्वीकृति लिनु पर्ने तथा विवरण पेश गर्नु पर्ने व्यवस्था छ । यस्ता खर्च बीमा समितिको चासो भित्र नपर्ने भन्दै समितिले सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई नै हेर्न निर्देशन दिएको हो ।

समितिले गाडी तथा अन्य प्रशासनिक सामाग्री खरिदमा कम्पनीलाई नै स्वतन्त्र छाडिदिए पनि घर तथा जग्गा खरिद गर्नु अगाडि बीमा समिति सँग अनुमति लिनु पर्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । कम्पनीहरुले जस्तो सुकै ठाउँको घरजग्गा खरिद गर्न सक्ने तथा अनिमितता गर्न सक्ने अवस्था रहने भएकाले समिति सँग अनुमति लिनु पर्ने व्यवस्था भने कायमै राखिएको हो ।

अधिकाम्स बीमा कम्पनीहरुमा संस्थापक तथा सर्वसाधारण सञ्चालक रहने र उनिहरुले नै खर्चमा नियन्त्रण गर्न सक्ने भएकाले बीमा समितिको हस्तक्षेप आवस्यक नरहेको समितिको ठहर छ । खर्च धेरै हुँदा कम्पनीको मुनाफामा असर पर्ने भएकाले कम्पनीहरु आफै मितव्ययी हुनु पर्ने समितिको राय छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS