Connect IPS
IME Life

नेशनल हाईड्रोको भाग्य परीक्षा आज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिगतमा एनबी समूहको कुशासन र खराब बित्तीय अबस्थाले लगानीकर्ताले आश मारिसकेको नेशनल हाईड्रोपावर कम्पनीको भाग्य परीक्षा आज हुँदैछ ।

साढे चार मेगावाटको तल्लो ईन्द्रावति आयोजनाको लिलामी नेशनल हाईड्रोले पाउने कि अन्यले भन्ने कुराले यो कम्पनीको भबिष्य निर्धारण गर्नेछ । उर्जा मन्त्रालयले आयोजनालाई लिलामीमा राखेर बढाबढ गराएकोमा नेशनल हाईड्रोसहित चार वटा कम्पनीको आबेदन परेकोमा तीन वटाको प्राविधिक प्रस्ताब सदर भएको थियो । त्यसको आर्थिक प्रस्ताब आज तीन बजे खोलिदै छ ।

Prabhu
Crest

नेशनल हाईड्रो, वाईवा कन्ट्रक्शन र अर्को एक कम्पनीको आर्थिक प्रस्ताब खोलिँदा जसले सरकारलाई बढी राजश्व दिने कबुल गरेको छ, उसैले आयोजना हात पार्नेछ ।

तल्लो ईन्द्रावतिमा नेशनल हाईड्रोको ६५ करोड रुपैयाँ फसेकोले आयोजना गुम्दा उसले सो रकम प्रोभिजन गर्नु परेको थियो । त्यसको कारणले नेशनल हाईड्रोको जगेडा कोष नै ५० करोडले ऋणात्मक हुनुका साथ्रै अहिलेसम्म लाभांश वितरण गर्न सकेको छैन । तल्लो ईन्द्रावति नेशनल हाईड्रोको स्वामित्वमा आएको खण्डमा प्रोभिजन गरेको रकम फिर्ता ल्याई चालु आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्न सकिने नेशनल हाईड्रोका संचालकहरु बताउँछन् । सो साढे चार मेगावाटको आयोजना पुरा गर्न ३५ करोड जति थप खर्च लाग्ने र बैंकबाट कर्जा लिएर आयोजना पुरा गर्न सकिने बताईएको छ ।

नेशनल हाईड्रोले भोजपुरमा १४ मेगावाटको तल्लो ईर्खुवा खोला आयोजना निर्माणमा समेत मुख्य हिस्सेदारीसहित काम अगाडि बढाएकाले हाल साढे मेगावाटको कम्पनीसँग केही बर्षपछि २६ मेगावाटको आयोजना हुने संभावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS