काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।
सभा चैत २० गते, शुक्रबार ल्याण्डमार्क होटल, दरबारमार्ग, काठमाडौंम दिउँसो ३ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा(नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । त्यसैगरी, चुक्ता पूँजी र संचित नाफारनोक्सानको योगमा नबढ्ने गरी ऋण लिने सम्बन्धमा पनि छलफल गरिने एजेण्डा छ ।