काठमाडौं । आज शेयर बजार ९० अंकले बढ्दा हुँदा ६ अर्ब ५ करोडको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । कम्पनीको आज ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८ दशमलव ८ दशमलव ६६ प्रतिशतले बढेर ५ सय ५२ रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९८ रुपैयाँले बढेको छ । नविल बैंकको २० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल टेलिकमको १९ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफको १७ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।