काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९० दशमलव ६७ अंकले बढ्दा १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । २ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ता, लिवर्टि इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज चन्द्रागिरी हिल्सको शेयर मुल्य ६ सय पाँच रुपैयाँ रहेको छ ।
त्यस्तै, आज किसान लघुवित्त, इन्फिनिटि लघुवित्त, हिमालयन पावर पार्टनर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, निर्धन उत्थान लघुवित्त, नेरुडे लघुवित्त लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै निफ्राको सर्वाधिक कारोबार भएको । कम्पनीको ५३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।