IME Life New

तारागाउँ रिजेन्सीको साधारणसभा आज, १०% लाभांश पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। तारागाउँ रिजेन्सी होटल्सले आज फागुन १४ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ। होटल्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत नगद लाभांसको प्रस्ताव साधारणसभामा पेश गर्नेछ।

कम्पनीको पुस २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

Esewa
Crest

यस सधारणसभाले शेयरधनी समुह ‘ग’ बाट एक जना संचालकको निर्वाचन गर्ने जनाएको छ। कोभिड १९ को महामारीको कारण होटल्सले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ।

साधारणसभा प्रयोजनका लागि होटल्सले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। माघ २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS