IME Life New

सोसियल सस्टेनेवल युथ फाउण्डेसन र रोटरी क्लव अफ नार्गाजुन द्धारा औषधी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सोसियल सस्टेनेवल युथ फाउण्डेसन र रोटरी क्लव अफ नार्गाजुनले नि सहारा सेवा सदनमा औषधी वितरण गरेको छ । सोसियल सस्टेनेवल युथ फाउण्डेसन र रोटरी क्लव अफ नार्गाजुन द्धारा आयोजित एक कार्यक्रममा शान्तिनगर स्थित रहेको वृद्ध आश्रममा औषधी वितरण गरिएको थियो । फाउण्डेसनले नि सहारा सदनमा आश्रीत सम्पूर्ण असाह्य वृद्धवृद्धालाई ३५ दिनको लागि दैनिक प्रयोग हुने औषधीहरु र सामान्य बिरामि हुदाँ चाहिने औषधीहरु वितरण गरेको थियो ।

Esewa
Crest

शान्तिनगर स्तिथ आश्रममा ३७ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरुले संरक्षण लिदै आएका छन् । फाउण्डेसन’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सदनमा रहेका ३७ जना वृद्धवृद्धालाई वितरण औषधी वितरण गरेर कार्यक्रम सम्पन्न गरेको थियो । शान्तिनगर रहेको नि सहारा सेवा सदन पुगेर युथ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । साथै उक्त कार्यक्रमलाई सफल गर्नको निम्ति लिवटि रोट्रक  क्लवले समेत युथ फाउण्डेसनलाई साथ दियको थियो ।

साथै, उक्त फाउण्डेसनले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ । युथ फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो । साथै आगामी दिनहरुमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत यूथ फाउण्डेसनले जनाएको छ । साथै आगामी कायक्रममा रोटरी क्लव अफ नार्गाजुनले फेरि फेरि पनि साथ दिने उक्त क्लवका अध्यक्ष्य महेश श्रेठ  तथा सचिव यादव प्रसाद ढुंगानाले प्रतिव्दता दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS