काठमाडौं । नेप्से परिसूचक २५ दशमलव २३ अंकले बढ्दा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ५६ करोडमाथिको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको शेयर आज ४ दशमलव ३३ प्रतिशतले बढेको हो । अर्थात ४० रुपैयाँले बढेको छ ।
त्यस्तै, निफ्राको ५० करोड ८२ लाखमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ९ दशमलव ८६ प्रतिशतले बढेको छ । अर्थात ४९ रुपैयाँले बढेको छ । सिभिल बैंकको २८ करोड ३८ लाखमाथिको शेयर कारोबार भएको छ ।
ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाखमाथिको शेयर कारोबार भएको छ । नविल बैंकको २६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २५ करोड ४५ लाख रुपैयाँमाथिको शेयर करोबार भएको छ ।