IME Life New

शेयर बजारले अर्को नयाँ रेकर्ड बनाउदा कुन ब्रोकरको योगदान कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा सोमबार अर्को नयाँ रेकर्ड कायम छ। सोमबार नेप्से सूचक ९२ अंकले सुधार भएर अहिलेसम्मके सर्वाधिक २५८६ अंकको नयाँ रेकर्ड कायम भएको हो।  सूचकमा उछाल आउदा एकै दिन १० अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको हो। सोमबारको कारोबारमा नासा सेक्युरिटिजले सबैभन्दा धेरै कारोबार गरेको छ।

नासा सेक्युरिटिजबाट मात्रै एक अर्ब ६८ करोड रुपैयाँको शेयर खरिद भएको छ भने एक अर्ब ५१ करोड रुपैयाँको बिक्री भएको छ। साथै ९९ करोड ९५ लाख रुपैयाँको म्याचिङ सहित जम्मा तीन अर्ब १९ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रो धेरै कारोबार गर्नेमा अनलाइन सेक्युरिटज रहेको छ। अनलाइन सेक्युरिटिजबाट ५४ करोड रुपैयाँको खरिद भएको छ भने ६४ करोड रुपैयाँको बिक्री भएको छ। साथै २० करोड २४ लाख रुपैयाँको म्याचिङ सहित जम्मा एक अर्ब १८ करोड रुपैयाँको कारोबार गरेको छ। त्यस्तै ३४ नम्बर ब्रोकरबाट ८० करोड ४२ लाख रुपैयाँको खरिद बिक्री भएको छ। ४२ नम्बर ब्रोकरबाट पनि ७८ करोड ६६ लाख रुपैयाँको खरिद बिक्री भएको छ।

सबैभन्दा कम कारोबार गर्नेमा सगरमाथा सेक्युरिटिज रहेको छ। सगरमाथाले सोमबार ११ करोड ६६ लाख रुपैयाँको खरिद बिक्रि गरेको छ। एक अर्ब ५० करोड रुपैयाँको म्याचिङ मार्फत कारोबार भएको छ। कारोबार रकम बढ्दा ब्रोकरहरुले कमिसन मार्फत दैनिक लाखौ रुपैयाँ कमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS