IME Life New

आईएमई जनरल इन्स्योरेन्सले पुस १७ देखि हकप्रद निष्कासन गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Crest

हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पाउनेछन् ।
उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS