IME Life New

निर्जीवन बीमा कम्पनीहरुको नाफा २८ प्रतिशतले बढ्यो, शेयर बजार बढ्दा नाफामा उल्लेख्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २७ दशमलब ९८ प्रतिशतले मुनाफा बृद्धि गरेका छन्। बीमा कम्पनीहरुले दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब ८ करोड रुपैया खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक बर्षको सोहि अवधिमा निर्जिवन बीमा कम्पनीको खुद नाफा १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

निर्जीवन बीमा कम्पनीहरु मध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ वटा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन्। २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये नेपालमा शाखा रहेका नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

Esewa
Crest

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा खुद मुनाफाको आधारमा निरन्तर पहिलो स्थान रह्दै आएको  शिखर इन्स्योरेन्सलाई उछिन्दै नेको इन्स्योरेन्स पहिलो स्थानमा पुगेको छ । नेको इन्स्योरेन्सको गत आर्थिक बर्षको तुलनामा खुद नाफा ६० दशमलव २२ प्रतिशतले बढेर २६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको नाफा १२ प्रतिशतले बढेर २४ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तेस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमाससम्ममा कम्पनीको नाफा १०९ प्रतिशतले बढेर १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, दोस्रो त्रैमासको अवधिसम्ममा जनरल इन्स्योरेन्सको नाफा १५८ प्रतिशतले बढेर ३ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढेर २ करोड ९६ लाख रुपैयाँ र यूनाईटेडको खुद नाफा ३५ प्रतिशतले बढेर २ करोड ७ लाख रुपैयाँ पुगेको छ।

दुई कम्पनीको नाफा घट्यो

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्सको नाफा घटेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ५६ दशमलव ३१ प्रतिशतले घटेर ३१ करोड ४४ लाख रुपैयाँमा सिमित भएको छ। त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको नाफा १४ प्रतिशतले घटेर ६ करोड ११ लाख रुपैयाँमा सिमित भएको छ।  गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको नाफा ७ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

किन बढ्यो मुनाफा

कोभिड १९ का कारण बीमा कम्पनीहरुको मुनाफामा गिरावट हुने अनुमान विपरित निर्जीवन बीमा कम्पनीहरुले भने राम्रो मुनाफा आर्जन गरेका छन्। कम्पनीहरुले बीमा शुल्क आर्जन बृद्धि गरे अनुसार नाफामा सुधार गर्न नसकेको अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बताए।

बीमा कम्पनीको प्रमुख आम्दानी बैंकको व्याज आम्दानी हो। तर पछिल्लो समय बैंकहरुले व्याजदर घटाइरहेका छन्। व्याजदर घटाउदा उनिहरुको नाफा प्रभावित भएको हो। यसमा सबैभन्दा धेरै नयाँ निर्जीवन बीमा कम्पनी छन्। पुराना कम्पनीको टेक्निकल रिजर्भ धेरै हुने भएकाले शेयर बजार लगायत अन्य क्षेत्रमा लगानी गर्न पाउछन्।

पुराना बीमा कम्पनीहरुले दोस्रो बजारबाट राम्रो मुनाफा आर्जन गरेका छन्। बीमा शुल्क आर्जन तथा अन्य क्षेत्रमा गरिएको लगानी भन्दा बढि उनिहरुले शेयर बजारमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त गरेका हुन्। बैंकको व्याजदर धेरै न्युन हुँदा पनि कम्पनीहरुले शेयर बजारबाट कभर गरेका हुन्।

अर्को तर्फ कम्पनीहरुले यस वर्ष कोरोना बीमाको दाबी भुक्तानीको पनि असर देखिएको छ। केहि रकम गत असारमै गैसकेको र केहि रकम पछिल्लो समय गएकाले एकै आर्थिक वर्षमा ठुलो असर नदेखिएको खत्रीको विश्लेषण ।

बाढिका कारण पनि यस वर्ष निर्जीवन बीमा कम्पनीको दाबी बढेको छ। दाबी भुक्तानी धेरै हुँदा कतिपय कम्पनीले व्यवसाय विस्तारको अनुपातमा मुनाफा आर्जन गर्न सकिरहेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS