IME Life New

नेशनल हाईड्रोको यसरी बन्दैछ बोनस बाँडनसक्ने हैसियत, १८ मेगावाटको आयोजना पनि बनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेयर बजार तथा हाईड्रो क्षेत्रमा बदनाम कम्पनी नेशनल हाईड्रोपावरले आफुमा सुधार गरी चालु आर्थिक बर्षको नाफाबाटै बोनस बाँड्नसक्ने हैसियत बनाउने त्यसका संचालक विश्वेश्वर सुबेदीको दावी छ ।

कम्पनीले बैंकबाट लिएको सम्पूर्ण कर्जा चुक्ता गरिसकेको र ईन्द्रावति तेस्रोको दायित्व वापत ब्यहोर्नु परेको कर्जाको तीन करोड मात्र बैंकलाई तिर्न बाँकी रहेकाले यसै बर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्नसक्ने हैसियत बनाउने सुबेदीले बताए ।

Esewa
Crest

एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३५ करोडले ऋणात्मक रहेकोमा ईन्द्रावति तेस्रोको लाईसेन्स प्राप्त भएपछि त्यसमा लगानी भएको ६५ करोड रुपैयाँ नोक्सानी ब्यवस्थाबाट फिर्ता गरेर जगेडा कोष धनात्मक बनाईने सुबेदीको भनाई छ ।

सुबेदीले नेशनल हाईड्रोको अबस्था जानकारी गराउँदै भने, – हाम्रो बार्षिक खुद नाफा १४ करोड जति हुन्छ, त्यसबाट बार्षिक १० प्रतिशत लाभांश मज्जाले वितरण गर्न सकिन्छ ।

विद्युत खरिद बिक्री दरमा हालै भएको संशोधनले नेशनल हाईड्रोको आम्दानीमा अझै बढोत्तरी हुने उनको भनाई छ । केही समय अघि पहिरोको कारणले दुई सातासम्म नेशनल हाईड्रो आयोजना बन्द हुँदा केही असर परेको सुबेदीले बताए ।

साढे चार मेगावाटको ईन्द्रावति तेस्रोको लिलाम प्रक्रिया फागुन १४ गतेभित्रमा सकिने र त्यसमा नेशनल हाईड्रोले आबेदन दिईसकेको उनको भनाई छ ।

त्यो आयोजनामा हामीले ६५ करोड लगानी गरेका थियौं, सुरुड., जग्गा र अरु संरचना सबै राम्रो अबस्थामा छन्, अब त्यो आयोजना पुरा गर्न हामीलाई ३५ करोेड जति चाहिन्छ, बैंकबाट कर्जा लिएर काम गर्छौ, – सुबेदीले योजना सुनाए ।

सुबेदीले भने – त्यो हाम्रो क्यास्केट प्रोजेक्ट हो, अरुले लिलाम सकारेर आयोजना बनाउने प्रश्नै छैन, हामीले नै पाउने हो, फागुन भित्रमा टुंगो लागिसक्छ ।

अहिले साढे सात मेगावाटको आयोजना रहेको नेशनल हाईड्रो अबको तीन बर्षपछि कम्तिमा २७ मेगावाट आयोजना भएको माउ कम्पनी बन्ने संभावना बढेको छ ।

नेशनल हाईड्रोकै मुख्य लगानीमा भोजपुरमा १४ तल्लो ईर्खुवा खोला आयोजना निर्माणको लागि बैंकसँग लगानी सम्झौता भएर ठेकेदारसँग सम्झौता समेत भईसकेको छ । त्यसमा अहिलेसम्म नेशनल हाईड्रोले १५ करोड लगानी गरिसकेको जनाईएको छ ।

तीन बैंकसँग भएको ईर्खुवा लगानी सम्झौता

१४.१५ मेगावाट क्षमताको सो जलविद्युत आयोजना निर्माण गर्न माछापुछ्रे बैंकको अगुवाईमा नेपाल एसबीआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र प्रवद्र्धकहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ, जसमा नेशनल हाईड्रोको मुख्य हिस्सा छ ।

सुबेदीले  देवकोटा पविता जेभी र अनिल मल्टी बगाले थापा बीएनटी जेभीसँग सम्झौता गरेर तल्लो ईर्खुवाखोला आयोजना निर्माण शुरु भईसकेको जानकारी दिएका छन् ।

नेशनल हाईड्रोमा एनबी समूहको दबदबा लगभग समाप्त भएर आईएमई क्यापिटल र हाथवे ईन्भेष्टमेन्टले पकड बलियो बनाउँदै लगेको छ । नेशनल हाईड्रोमा आईएमई समूहबाट नवराज नेपाल संचालक छन् । सुबेदीले आईएमई क्यापिटल नै अहिले कम्पनीको मुख्य सेयरधनी रहेको जानकारी दिए ।

सुबेदी भन्छन्, – कम्पनीलाई विगतको बदनामीको आँखाले हेर्नु भएन, धेरै कुरा सुधार भएर बोनस वितरण गर्नसक्ने हैसियत बनाउँदैछ, संस्थागत सुशासनमा पनि फड्को मारेको छ ।

यद्यपी कम्पनीले चालु आर्थिक बर्षको पहिलो र दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको जानकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS