काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा ६ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । यी विभिन्न ६ कम्पनीको बोनश शेयर, हकप्रद र आइपीओ सुचिकृत भएको हो ।
शेयर सुचिकृत हुने कम्पनीहरुमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड,सानिमा बैंक लिमिटेड,चिलिमे जलविद्युत कम्पनी लिमिटेड,नेपाल फाइनान्स कम्पनी, एनसीसी बैंक र चन्द्रागिरी हिल्स हुन् ।
समृद्धि फाइनान्स कम्पनीको ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ । सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस शेयर,चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर ,नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ ।
त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने चन्द्रागिरी हिल्स लिमिटेडको एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर सुचिकृत भएको हो ।
चन्द्रागिरी हिल्सको आइपीओलाई नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।