IME Life New

शेयर बजारमा १८ वटा संस्थागत लगानीकर्ताले अनुमति पाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डले थप १८ वटा कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको छ। बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो। यस अगाडि संस्थागत  लगानीकर्ताको रुपमा काम गर्न ४६ वटा कम्पनीले अनुमति पाएका थिए। नयाँले अनुमति पाए सँगै  ६४ वटा पुगेका छन्।

बोर्डले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न संस्थागत लगानीकर्ताको सूचि बनाइरहेको छ। यस विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा संस्थागत लगानीकर्ताको आवस्यक पर्छ। केहि कम्पनीहरुले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि प्रकृयाँ सुरु गरिसकेका छन्।

Esewa
Crest

बोर्डले बुधबार भेन्चर क्यापिटल, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सायन होल्डिङ्ग कम्पनी, नागरिक लगानी कोष, नविल इन्भेष्टमेन्ट बैंकिङ, नविल इक्वीटी फण्ड, एनएमबी क्यापिटल, एनएमबि हाइब्रिड फण्ड एल एक, एनएमबि फिफ्टी, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्स फण्ड, एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड, एनएमबी बैंक, नेपाल बंगलादेश क्यापिटल, सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल, नागरिक स्टक डिलर कम्पनी, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डले अनुमति पाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS