IME Life New

नेपालमा भिबोको नयाँ मोडल ‘वाई१२ एस’ को प्रि बुकिङ खुला, आकर्षक छुट र उपहारको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चिनियाँ ब्राण्ड भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ। कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको हो।

कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ। तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन्।  ग्राहकले एक हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै दुइ हजारको कुपन पाउनेछन् अर्थात फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउनेछन् भने कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन।

Esewa
Crest

भिबो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स मनोकामनाको काठमाडौं स्थित न्युरोड हेर्ने भगिनी सँस्था एपेक्स लिंक प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा एपेक्स मनोकामनाका वित्त प्रमुख सुशील न्यौपानेले जानकारी दिए। उनकाअनुसार फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ खुला गरिएको छ।

फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कार समेत वितरण गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंह ९बन्टि०ले जानकारी दिए।

कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ड्र कार्यक्रम मार्फत बिभिन्न पुरस्कार घोषणा गर्नेछ। जसमा प्रि बुकिङ गर्ने ग्राहक मध्ये ३ जनालाई वाईटुएस १२ मोबाइल फोन उपहारमा दिनेछ भने १०० जनालाई २५०० रुपैयाँको कुपन अर्थात छुट दिनेछ। त्यस्तै ५०० जनालाई निशुल्क मोबाइल स्क्रिन दिनेछ।

यसका साथै कम्पनीले अफलाइन लक्की ड्र कार्यक्रम बाट समेत थप पुरस्कार घोषणा गर्नेछ। जसमा प्रि बुकिङ गर्ने ग्राहक मध्ये १ जनालाई स्मार्ट टिभी, १ जनालाई वाई १२एस मोबाइल र २५० जनालाई भिबो ब्याग पाउनेछन।

भिबोको प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन्। भिबोले कोभिड १९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचर सहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ, साइडमा फिंगर प्रिन्टको सुविधाले वाई१२एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ। भिबोले कम बजेटमा परिमार्जित फिचर सहित ल्याएको यो मोडलको फोन  नेपाली बजारमा हिरो साबित हुनेछ उनले बताए।

वाई१२एस मोबाइलको डिस्प्ले ६।५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ। मुख्य क्यामेरा १३ मेगा पिक्सेलको छ भने ब्याक क्यामेरा २ मेगापिक्सेलको रहेको छ। ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याकमा वाईटुएस १२ मोबाइल उपलब्ध छन्। ५००० मिलि एम्पियर आवर अर्थात ५ हजार घण्टासम्म ब्याट्री टिक्ने र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट वाई १२एस मोबाइलको मुख्य बिशेषताहरु हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS