IME Life New

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने ग्रिड कने क्ट सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी बीच समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।

सम्झौतापत्रका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने भएको छ ।

Esewa
Crest

उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न एमओयूमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक डेभलपमेन्ट म्याननेजर वाङ क्यूवाङले हस्ताक्षर गरेका छन् ।

अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डिएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS