काठमाडौं । नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, ट्रेडिङ, निर्जिवन बीमा, अन्य र म्युचुअल फन्ड बाहेक आज अरु क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ६० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।
श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ५ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।