IME Life New

पिपुल्स हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ निष्काशन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरे ।

Esewa
Crest

कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फागुन १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS