IME Life New

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।

कम्पनीको पुस १२ गते सम्पन्न भएको चौबिसौँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत (करसहित) नगद लाभांश बुक क्लोज हुँदासम्म अर्थात् मंसिर २८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

Esewa
Crest

कम्पनीले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन भनेको छ ।

आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने समेत कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS