IME Life New

अटो मजदुर लाई सामुहीक दुर्घटना बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले सामुहीक दुर्घटना मृत्यु बीमा दावी भु्क्तानी वापत प्राप्त दावी भुक्तानी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।

बुटवल अटो इन्जिनियरिङ्ग र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेड विच भएको अटो क्षेत्रका व्यवसायी/मजदुरहरुको सामुहीक दुर्घटना बीमा योजना अन्र्तगत शिखर इन्स्योरेन्स कम्पनि बाट प्राप्त तीन लाख रुपैयाको मृत्यु दावी भुक्तानी रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।बुटवलको मैना वगर क्षेत्रमा सफल सिट मेकर व्यवसाय संचालन गर्दै आएका अमर बहादुर दर्जीको दुर्घटनामा परी मृत्यु भए पछि उनकी श्रीमती नितु दर्जि लाई दाबी भुक्तानि रकम हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

मृतकको परिवार लाई बुटवल अटो इन्जिनियरिङ्ग एशोशियसनका अध्यक्ष सन्तोष पाण्डे र शिखर इन्स्योरेन्सका क्षेत्रिय कार्यलय बुटवलका क्षत्रिय प्रबन्धक किरण काफ्लले सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

बुटवल अटो इन्जिनियरीङ्ग एशोसियनका अध्यक्ष सन्तोष पाण्डेले अटो व्यवसाय जोखिमयुक्त व्यवसाय रहेकोले मजदुर व्यवसायीको सामुहीक दर्घटना बीमा गरिएको र यस्तो कार्यले मुजदुर व्यवसायी सबैलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै शिखर इन्स्योरेन्सका क्षत्रिय प्रबन्धक किरण काफ्लले सामुहीक दुर्घटना बीमा योजना हर व्यक्तिको लागी फाइदा पुग्ने बताउदै संगठित संघ सस्थाले सामुहीक दुर्घटना बीमा गरेमा कसैको पनि दुर्घटनामा परी मृत्यु भएमा उसको परिवारलाई राहत प्राप्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS