Connect IPS
IME Life

नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कोषले चुक्ता पूँजीको १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर ० दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कोषले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कोषले पुस १४ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्ने भएको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS