IME Life New

नियामक निकायले बजेट छुट्याएरै पत्रकारलाई तालिम दिनुपर्छः अध्यक्ष चापागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बीमा समितिले बधाई तथा शुभकामना दिएको छ । समितिले बुधबार नाफिजको नयाँ कार्यसमितिलाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आफ्नै कार्यकक्षमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।सो अवसरमा समितिका अध्यक्ष चापागाईंले पत्रकारलाई सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान भएमात्र समाचार लेखनमा स्तरीयता आउने बताए । आर्थिक पत्रकारको सीप विकास र क्षमता अभिवृद्धिका लागि नियामक निकायले बजेट नै छुट्याउनु पर्ने उनको भनाइ छ ।

“पत्रकारमा सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान भएमा उक्त क्षेत्रको सकारात्मक र नकारात्मक पक्षको उजागर तथा खबदारी गर्न सक्छन्,” उनले भने, “यसो हुँदा हरेक नियामक निकायले पत्रकारको सीप, क्षमता विकासमा आफ्नो पक्षबाट सक्दो प्रयास गर्नु बाञ्छिनीय हुन्छ ।”

Esewa
Crest

“बीमा समितिले हरेक वर्ष पत्रकारको सीप क्षमता विकासका लागि वार्षिकरुपमा बजेट नै छुट्याएर कार्यक्रम आयोजना गर्ने गरेको छ,” अध्यक्ष चापागाँईले भने, “यो वर्ष कोभिड–१९ का कारणले कार्यक्रमलाई निरन्तरता दिन सकिएन, तर आगामी दिनमा यो परम्परालाई निरन्तरता दिने वातावरण समितिमा बनाउँछु ।”

चापागाईं ४ वर्षे कार्यकाल सकिएर केही दिनमा समितिबाट बिदा हुँदैछन् । केही दिन बाँकी रहँदा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई सुझाव दिँदै उनले पत्रकारको सीप र क्षमता विकासका लागि छुट्याइने वार्षिक बजेटलाई निरन्तरता दिनुपर्ने बताए।उनले आफ्नो कार्यकालको सुरुवातमा बीमाको पहुँच ७ प्रतिशत रहेकामा हाल सो २७ प्रतिशत पुगेको बताउँदै कार्यअवधिमा लक्ष्य अनुसारका अधिकांश काम पूरा गरेको दाबी गरे ।अध्यक्षको कार्यअवधिमा केही कामहरु प्रयास गर्दा गदै अधुरै रहेको भन्दै भावी नेतृत्वका लागि अधुरो काम पूर्ण गर्न सहज वातावरण सिर्जना गरेर समितिबाट विदा हुने उनले प्रतिवद्धता गरेका छन् ।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले भविष्यमा समितिसँग पत्रकारको सीप र क्षमता विकासका लागि तालिम, गोष्ठी तथा सेमिनार गर्न सदैव सहकार्य गर्न तयार रहेको बताए । ढकालले बीमा क्षेत्रको नियामक निकायले पत्रकारहरुलाई आवश्यक सूचना संकलनमा सहजीकरण गर्न आग्रह गरे । साथै, अध्यक्ष ढकालले पत्रकारहरुको कोभिड बीमा र दावी भुक्तानी सहजीकरणमा समितिले पहल गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS