IME Life New

विश्वका अर्बपतिको सूचीमा ८० वर्षे व्यापारीको ठूलो फड्को, रातारात बने दोस्रो धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकातिर इरान-इजरायल युद्धले विश्वभरका शेयर बजारमा हलचल ल्याएको छ भने अर्कोतर्फ विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा ठूलो उथलपुथल भएको छ।

ओरेकलका संस्थापक ल्यारी एलिसनको सम्पत्ति यति धेरै बढेको छ कि उनी दोस्रो धनी व्यक्ति बनेका छन्। हरेक दिन उनले कमाइको रेकर्ड तोडिरहेका छन्।

Esewa
Crest

फोब्र्स रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार एलिसनले सम्पत्तिको दौडमा अमेजनको जेफ बेजोस र फेसबुकका मार्क जुकरबर्गलाई पछाडि पारेका छन्। ८० वर्षीय एलिसनले गत हप्ता बिहीबारदेखि धेरै कमाएको देखिएको छ र यो प्रवृत्ति जारी छ। बिहीबारमात्र एलिसनको सम्पत्तिमा २६ अर्ब डलरको ठूलो उछाल देखिएको छ। जुन धनीहरुको सम्पत्तिमा एक दिनमा सबैभन्दा धेरै कमाउने तथ्यांकहरुमध्ये एक हो।

सम्पत्तिमा यो रफ्तारको वृद्धिले एलिसन अमेजनको जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वकै दोस्रो धनव्यक्ति बन्न सफल भएका छन्। एलिसनको कुल सम्पत्ति हालैको वृद्धिका कारण २५८.८ अर्ब डलर पुगेको छ। यसअघि विश्वका दोस्रो र तेस्रो धनी व्यक्तिहरु क्रमशः मार्क जुकरबर्ग र जेफ बेजोस थिए। मार्क जुकरबर्गको कुल सम्पत्ति २३५.७ अर्ब डलर छ र उनी तेस्रो स्थानमा आएका छन्। जब कि जेफ बेजोसको कुल सम्पत्ति २२६.८ अर्ब डलर छ र उनी चौथो स्थानमा झरेका छन्।

धनी व्यक्तिहरुको सूचीमा दोस्रो र तेस्रो स्थानमा अचानक परिवर्तन भए पनि एलन मस्क अझै पनि विश्वको सबैभन्दा धनी व्यक्तिको कुर्सीमा हावी छन्। फोब्र्सका अनुसार मस्क कुल सम्पत्ति ४१०.८ अर्ब डलर रहेको छ।

धनाढ्यको सूचीको पाँचौँ स्थानमा दिग्गज लगानीकर्ता वारेन बफेट छन्। उनको कुल सम्पत्ति १५२.१ अर्ब डलर रहेको छ।

यसैगरी छटौँमा ल्यारी पेज (१४४.७ अर्ब डलर), सातौँमा बर्नार्ड अर्नाल्ट (१४१ अर्ब डलर), आठौँमा सर्गेई ब्रेन (१३८.४ अर्ब डलर), नवौँमा स्टिभ बाल्मर (१३६.२ अर्ब डलर) र दसौँमा एनभिडियाका संस्थापक जेन्सन हुआङ (१२३.९ अर्ब डलर) छन्। पहिलोपटक माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्। बिल गेट्सको कुल सम्पत्ति ११६.५ अर्ब डलर रहेको छ। उनी १२ औँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS